Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्ला काेभिड-१९ स‌ंकट व्यवस्थापन समिति (DCCMC) काे बैठक सम्पन्न (२०७७।०७।०४ गते)

2077-07-04

2077-07-04


मिति २०७७ कार्त्तिक ४ गते COVID-19 रोकथाम, नियन्त्रण तथा उपचार लगायतका कार्यहरु प्रभावकारी ढंगले छिटो, व्यवस्थित र सम्वन्यात्मक रुपमा गर्नको लागि प्रमुख जिल्ला अधिकारी श्री हिरालाल रेग्मीज्यूको अध्यक्षतामा जिल्लागत संरचना (District COVID-19 Crisis Management Center) को बैठक सम्पन्न भयाे । उक्त बैठकमा यस जिल्लामा नोभेल कोरोना रोगबाट पर्न सक्ने सम्भावित जोखिम नियन्त्रण, रोकथाम तथा उपचार लगायतका कार्यको लागि यस जिल्लामा हालसम्म भए गरेका क्रियाकलापहरुको बारेमा समिक्षा गरिनुका साथै गृह मन्त्रालयबाट प्राप्त COVID-19 निर्णय कार्यान्वयन सम्वन्धी पत्र साथ प्राप्त निर्णयहरु बैठकमा पेश भई छलफल गरी उक्त पत्रमा तोकिएका निर्णयहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, चाडपर्वको अवधिमा विभिन्न शक्तिपिठहरुमा श्रद्धालुहरुको भिडभाड हुन नदिन सम्वन्धित समुदाय वा मन्दिर व्यवस्थापन समितिहरुबाट भिडभाड हुन नदिने लगायतका स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्ने गराउने व्यवस्था मिलाउने, अत्यावश्यक सेवा बाहेकका व्यापार, व्यवसाय, सवारी साधनहरु साँझ ८ बजे देखि विहान ६ बजेसम्म बन्द गर्ने, संक्रमण दर दिन प्रति दिन बढ्न गई यस जिल्लामा आईसोलेसन बेड, Ventilator/ICU जस्ता पूर्वाधारहरुको कमी भईरहेको सन्दर्भमा सो को व्यवस्थापनको लागि PCCMC मा अनुरोध गर्ने जस्ता निर्णयहरु गरियाे । 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .