Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्लाका बिभिन्न बजार क्षेत्रमा संयुक्त बजार अनुगमन टोली बाट बजार अनुगमन । (२०७८।०६।२१)

2078-06-21

2078-06-21


1(10).jpg तस्बिर :

जिल्लाका बिभिन्न बजार क्षेत्रमा संयुक्त बजार अनुगमन टोली बाट बजार अनुगमन ।

मिति २०७८।०६।२० गते जिल्ला प्रशासन कार्यालय, सुर्खेत, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, स्थानिय प्रहरी, सम्बन्धीत स्थानिय तह र राष्ट्रिय उपभोक्ता अधिकार मञ्चका प्रतिनिधी समेतको संयुक्त बजार अनुगमन टोलीबाट जिल्लाका पूर्वि क्षेत्रका सिम्ता गाउँपालिकाको जामुने बजार, गुर्भाकोट नगरपालिकाको बोटेचौर बजार र भेरीगंगा नगरपालिकाको छिन्चु बजार क्षेत्रमा रहेका खाद्य किराना तथा विभिन्न उपभोग्य सामाग्रि विक्रि वितरण गर्ने विभिन्न २५ वटा पसलहरुमा अनुगमन गरियो । अनुगमनका क्रममा विभिन्न उपभोग्य म्याद समाप्त भएका करिव रु ३५,०००।– मुल्यका खाद्य सामाग्रि (मिन्टु मसला–१ पोका, दालमोट– ५९ पोका, नरिवल लड्डु–१५ जार, केक १४ ग्राम– ३२ प्याकेट, किप्स चिप्स–८७ प्याकेट, नागिन–६ पिस, दाल पिठो–३१ पोका, सुजि–३ पोका, काजु केक–४५ प्याकेट, कोल्ड ड्रिङ्स–५ दर्जन, चिउरा–१ पोका, चोखो बम–१ जार, केबि हिरो मिठाई–२ जार, क्रिम मिल्क–३ डिब्बा र हरियो मटर–५ पोका) नियन्त्रणमा लिई स्थानिय पालिकाका प्रमुख प्रशासकीय अधिकृतको रोहवरमा अनुगमन टोलिबाट जलाई नष्ट गरिएको थियो ।

अनुगमनकै क्रममा भेरीगंगा नगरपालिकाको छिन्चु बजारमा रहेको बराल इन्टरप्राइजेज र स्याङ्जा खाद्य पसलको गोदामबाट केही खाद्य बस्तुको नमुना संकलन कार्य गरिएको थियो भने बराल इन्टरप्राइजेजको गोदामबाट मनोज खाद्य उद्योग विरगंजबाट उत्पादित मेरो मयुर ब्राण्ड चामलमा उत्पादन मिति उल्लेख नभएकोले ५० बोरा चामल विक्रि वितरण गर्न रोक्का राखिएको थियो ।

अनुगमनका क्रममा विगतमा भएको अनुगमनमा दिइएका सुझाव कार्यान्वयन भए/नभएको, मुल्य सूचि राखे/नराखेको, पसल दर्ता, समाग्रिको व्यवस्थापन, खाद्य सामाग्रिमा लेवल भए/नभएको हेरेर मात्र विक्रि वितरण गर्न सुझाव दिइएको थियो ।

उक्त अनुगमन टोली जिल्ला प्रशासन कार्यालय, सुर्खेतका प्रशासकीय अधिकत श्री पदमलाल लामिछानेको नेतृत्वमा खाध्यप्रविधि तथा गुण नियण्त्रण डिभिजन कार्यालय, सुर्खेतका प्रमुख भेष बहादुर थापा, उपभोक्ता अधिकार मञ्चका आकाशतारा बयक, स्थानिय पालिका र स्थानीय तहका कर्मचारीसमेतको सहभागिता रहेको थियो । 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .