Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्ला अनुगमन तथा मूल्याङ्कन समितिबाट विभिन्न कार्यालयको अनुगमन

1 महिना अगाडी

2079-03-19


1.png तस्बिर :



मिति २०७९/०३/१७ गते बिहान १०:०० बजे सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५ को नियम २८ बमोजिम जिल्ला स्तरीय अनुगमन तथा मूल्याङ्कन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी श्री खगेन्द्रप्रसाद रिजालज्यूको नेतृत्वमा यस जिल्लाभित्र रहेका सरकारी सेवा प्रदायक निकायको काम, कारबाही र सेवा प्रवाहलाई व्यवस्थित, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने सन्दर्भमा सेवाग्राहीहरुको बढी उपस्थिति हुने कार्यालयहरु मालपोत कार्यालय, सुर्खेत र नापी कार्यालय, सुर्खेतमा आकस्मिक स्थलगत अनुगमन गरियो। उक्त टोलीमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख श्री नीलकण्ठ खनाल, जिल्ला समन्वय अधिकारी श्री बाबुराम नेपाली, सहायक प्रमुख जिल्ला अधिकारी श्री ईश्‍वरीप्रसाद पाण्डे, प्रहरी उपरीक्षक श्री पदम बहादुर बिष्ट, नागरिक समाजका अध्यक्ष श्री पिताम्बर ढकाल, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष श्री आकाशतारा बयक, वीरेन्द्रनगर नगरपालिका सुशासन समितिका संयोजक श्री टिकाराम शर्मा समेतको सहभागिता रहेको थियो। संयुक्त अनुगमन टोलीबाट सेवा प्रवाहको स्थितिलाई सुव्यवस्थित र प्रभावकारी बनाउनका लागि नागरिकहरुबाट सकेसम्म गुनासो नै आउन नदिने गरी सेवाप्रवाह गर्न र आएको गुनासोलाई प्रभावकारी रुपमा सम्बोधन गर्न नागरिकबाट पृष्ठपोषण लिने, बिचौलियाको प्रवेश निषेध गर्ने, सेवाग्राहीमैत्री पूर्वाधारको विकास गर्ने, सूचनालाई प्रभावकारी बनाउन कार्यालयको वेभसाइट नियमित अद्यावधिक गरीराख्ने र सूचना प्रविधिको बढी प्रयोग गरी सेवा प्रवाहमा सरलीकरण गर्ने, मुस्कान सहितको सेवा दिने, अनुशासन र कार्यालय समयको प्रभावकारी रुपमा पालना गर्ने जस्ता विषयमा कार्यालय प्रमुखहरुलाई सुझाव तथा निर्देशन दिइएको थियो।

पछिल्लो अपडेट गरिएको : 2079-03-27 17:02:03

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत

Powered By: ProActive Developers