2077-10-09
2077-10-09

मिति २०७७ माघ ९ गतेका दिन COVID-19 रोकथाम, नियन्त्रण तथा उपचार लगायतका कार्यहरु प्रभावकारी ढंगले छिटो, व्यवस्थित र सम्वन्यात्मक रुपमा गर्नको लागि प्रमुख जिल्ला अधिकारी श्री हिरालाल रेग्मीज्यूको अध्यक्षतामा जिल्लागत संरचना District COVID-19 Crisis Management Center काे बैठक सम्पन्न भयाे । उक्त बैठकमा जनस्वास्थ्य सेवा कार्यालय, सुर्खेतका वरिष्ठ जनस्वास्थ्य अधिकृत श्री चेतननिधि वाग्लेज्यूबाट जिल्लाको कोभिड–१९ सम्वन्धी जिल्लाको आवधिक विवरण बैठकमा जानकारी गराउनुका साथै यस जिल्लामा पनि कोराना भाइरस रोग (COVID-19) को संक्रमणको जोखिमबाट बच्नको लागि दुई मिटरको सामाजिक दुरी कायम गर्दै मास्क प्रयोग गरी पटक पटक साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने लगायतका जनस्वास्थ्यका मापदण्ड र सुरक्षाका मापदण्ड अपनाउने जस्ता कार्यलाई निरन्तरता दिने निर्णय गरियो ।