Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

District COVID-19 Crisis Management Center को बैठक सम्पन्न (२०७८।०२।०९)

2078-02-09

2078-02-09


मिति २०७८।०२।०९ गते जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रमुख जिल्ला अधिकारी श्री छविलाल रिजालज्यूको अध्यक्षतामा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (DCCMC) को बैठक सम्पन्न भयाे । उक्त बैठकमा जिल्लामा कोभिड–१९ को संक्रमण भई मृत्यु भएको अति विपन्न वा असहाय व्यक्तिको परिवार वा आफन्तजन नभएको वा आफन्तजन भएपनि चिता बनाउन सक्ने अवस्था नभएको खण्डमा जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले शवदाहको लागि आवश्यक पर्ने दाउरा तथा सोको ढुवानीको व्यवस्था मिलाउने । शवदाहको लागि आवश्यक पर्ने दाउरा वीरेन्द्रनगर औधोगिक क्षेत्र व्यवस्थापन कार्यालय, सुर्खेतसँग समन्वय गरी व्यवस्था गर्ने। सो शव ढुवानीका लागि उद्योग बाणिज्य संघ सुर्खेत वा बिरेन्द्रनगर नगरपालिकाको शववाहन प्रयोग गर्ने। यसका लागि कर्णाली प्रदेश अस्पतालले जिल्ला जनस्वास्थ्य सेवा कार्यालय, नेपाली सेना, बिरेन्द्रनगर नगरपालिका र वीरेन्द्रनगर औधोगिक क्षेत्र व्यवस्थापन कार्यालय, सुर्खेतसँग समन्वय गर्ने र जिल्लामा कोभिड–१९ को संक्रमण फैलिई दैनिक रुपमा विरामीहरुको मृत्यु भईरहेको सन्दर्भमा शव व्यवस्थापनको लागि जिल्लास्थित भेरी नदीको पुल नजिकको किनारमा रहेको शव घाटमा आवश्यक पर्ने दाउरा सहुलियत दरमा उपलब्ध गराउनको लागि सो क्षेत्रमा रहेका सामुदायिक वन उपभोक्ता समितिसँग आवश्यक समन्वय गरिदिनका लागि डिभिजन वन कार्यालय, कर्णाली प्रदेश, सुर्खेतलाई अनुरोध गर्ने जस्ता निर्णयहरु भयाे । 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .