Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

District COVID-19 Crisis Management Center को बैठक सम्पन्न (२०७८।०१।२७)

2078-01-12

2078-01-12


मिति २०७८ बैशाख २७ गते जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा प्रमुख जिल्ला अधिकारी श्री छविलाल रिजालज्यूको अध्यक्षतामा जिल्लागत संरचना जिल्ला काेभिड-१९ संकट व्यवस्थापन केन्द्र (DCCMC) को बैठक सम्पन्न भयो । उक्त बैठकबाट जिल्लाका भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका, लेकबेशी नगरपालिका र सिम्ता गाउँपालिका क्षेत्रमा कोभिड–१९ को उपचारको क्रममा मृत्यु हुने व्यक्तिहरुको शवको अन्तिम संस्कारका लागि नेपाली सेनालाई आवश्यक पर्ने एक थान जीप ईन्धन सहित चारवटा स्थानीय तहले संयुक्त रूपमा उपलब्ध गराउने, यसरी उपलब्ध हुने जीप नेपाली सेनाको छिन्चुस्थित ब्यारेकमा स्ट्याण्डबाइ राख्ने । यसका साथै, उल्लिखित स्थानीय तहमा कोभिड– १९ को उपचारको क्रममा मृत्यु हुने व्यक्तिहरुको अन्तिम संस्कारको लागि निर्धारित ठाउँसम्म शव लैजाने प्रयोजनका लागि आवश्यक पर्ने सवारी साधन चालक सहित आवश्यक परेको बेला मात्र सम्बन्धित स्थानीय तहले उपलव्ध गराउने र यस कार्यमा जिल्ला समन्वय समितिको कार्यालय, सुर्खेतले समन्वय र सहजीकरण गर्ने, बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र दैनिक उपभोगका सामान किनबेचका लागि खुला गरिएकोमा तरकारी तथा खाद्यान्नका पसलहरू दैनिक रुपमा खोल्दा भिडभाड भै संक्रमण फैलन सक्ने जोखिम भएको हुँदा तरकारी, फलफुल तथा दुध बाहेकका अन्य खाद्यान्नका पसलहरु तोकिएकै समयमा मिति २०७८।०२।०१ गते देखि एक दिन बिराएर (आइतबार, मंगलबार र विहिवार) खुला गर्ने र यस कार्यमा सुर्खेत उद्योग बाणिज्य संघले सञ्चार, समन्वय र सहजीकरण गर्ने, संक्रमणको जालो तोड्ने उद्देश्यकासाथ निषेधाज्ञा जारी गरिएपश्चात् पनि जिल्लामा संक्रमितको संख्यामा कमी नआएको, स्थानीय तहले सञ्चालनमा ल्याएका आईसोलेशन सेन्टर तथा अस्पतालमा कोभिडका बिरामीको चाप थप बढ्दै गईरहेको र जोखिम अझै नियन्त्रणमा आइनसकेको हुँदा जनस्वास्थ्य सेवा कार्यालय, बीरेन्द्रनगर नगरपालिका, प्रदेश अस्पताल, स्वास्थ्य सेवा निर्देशनालय र सामाजिक बिकास मन्त्रालय कर्णाली प्रदेशले समन्वय तथा सहकार्य बढाई संकास्पदको परिक्षणको दायरा अझै बढाउन र स्वाव परिक्षणको नतिजा जतिसक्दो छिटो सम्बन्धितलाई उपलब्ध गराउनु आवश्यक देखिन्छ । यसका साथै, परिक्षणका लागि आवश्यक पर्ने किट तथा रिएजेन्ट स्वास्थ्य सेवा विभाग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी प्रयाप्त परिणाममा मौज्दात राख्ने, कोभिड १९ को महामारी फैलिरहेको अवस्थामा होम आइसोलेशनमा वा घरभाडामा बसिरहेका संक्रमितलाई प्रयाप्त ठाँउको अभाव र पानी तथा शौचालयको असुबिधा भएको हुँदा होटेलमा आईसोलेसन सञ्चालन गर्दा सहज हुने भनी मिति २०७८।१।१८ को DCCMC को बैठकबाट निर्णय भएको सन्दर्भमा होटल आईसोलेसन संचालन गर्न चाहने जिल्लास्थित केही होटलहरूले ईच्छा देखाएको हुँदा यसैसाथ संलग्न अनुसुची -१ बमोजिमको सामान्य मापदण्डको परिधिभित्र रही सञ्चालन गर्ने, यस जिल्लामा कोभिड–१९ को संक्रमण तिब्र रुपमा वृद्धिभईरहेको हुँदा नियन्त्रण, रोकथाम, व्यवस्थापन र उपचारका लागि आवश्यक सहयोग गर्न इच्छुक संघसंस्थाहरुले जिल्ला विपद् व्यवस्थापन समिति सुर्खेत मार्फत सहयोग उपलब्ध गराउने जस्ता निर्णयहरु गरियाे ।

 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .