Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

District COVID-19 Crisis Management Center को बैठक सम्पन्न (२०७७।१२।२४)

2077-12-24

2077-12-24


मिति २०७७ चैत्र २४ गते जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा प्रमुख जिल्ला अधिकारी श्री छविलाल रिजालज्यूको अध्यक्षतामा जिल्लागत संरचना (District COVID-19 Crisis Management Center) को बैठक सम्पन्न भयो । उक्त बैठकबाट अन्तर्राष्ट्रिय सीमा नाका हुँदै सुर्खेत आउने यात्रुहरुको आवतजावतलाई व्यवस्थित गरी निजहरुको अनिवार्य रुपमा अभिलेख राख्ने, मेला, महोत्सव, वार्षिकोत्सव जस्ता भेला नगर्ने नगराउने, जुलुस, र्‍याली, नयाँ वर्ष जस्ता चाडपर्वहरुमा भिडभाड नगर्ने, नगराउने, COVID-19 संक्रमण रोकथाम तथा नियन्त्रण सम्वन्धी सचेतनामूलक तथा सन्देशमूलक सूचनाहरु जिल्ला स्थित FM रेडियोहरु संचार माध्यम लगायत सामाजिक सञ्जालमा स्थानीय तहहरुले व्यापक रुपमा प्रचार प्रसार गर्ने, सरकारी तथा गैरसरकारी संघ संस्था, निजी क्षेत्र, उद्योग व्यवसायीहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न लगाई वस्तु तथा सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने, सार्वजनिक यातायातका सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, अनिवार्य माक्स र स्यानिटाइजरको प्रयोग गर्ने व्यवस्था सम्वन्धित यातायात व्यवसायीले मिलाउने, भारत लगायत विदेशबाट आएका व्यक्तिहरु अनिवार्य रुपमा १० (दश) दिनसम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने र त्यसको निगरानी सम्वन्धित स्थानीय तह र वडाहरुले गर्ने, सबै पालिकाहरुमा हेल्थ डेस्कको व्यवस्था गरी ज्वरो आएका व्यक्तिहरुको Malaria Rapid Diagnostic Test तथा Antigen Test for COVID-19 को व्यवस्था जनस्वास्थ्य कार्यालयको समन्वयमा सम्वन्धित पालिकाले मिलाउने । परीक्षण गर्दा पोजिटिभ आएका व्यक्तिहरुलाई अनिवार्य Isolation मा राख्ने व्यवस्था पालिकाहरुले मिलाउने, विद्यालयहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गरेर मात्र पठनपाठनको व्यवस्था मिलाउने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही प्रक्रिया अगाडी बढाउने जस्ता निर्णयहरु गरियो । 

 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .