2077-12-10
2077-12-10
मिति २०७७ चैत्र १० गते जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा प्रमुख जिल्ला अधिकारी श्री छविलाल रिजालज्यूको अध्यक्षतामा जिल्लागत संरचना (District COVID-19 Crisis Management Center) को बैठक सम्पन्न भयो । उक्त बैठकमा जिल्ला भित्रका स्थानीय तहहरुको प्रमुख/अध्यक्षज्यूहरु, उप–प्रमुखज्यूहरु, जिल्ला स्थित राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिज्यूहरु, जिल्ला विपद् व्यवस्थापन समितिका क्षेत्रगत कार्यालयहरुको प्रमुख एवं प्रतिनिधिज्यूहरु, सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्षज्यू, नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्षज्यू लगायत अन्य संघसंस्थाहरुको प्रतिनिधिज्यूहरुको उपस्थिति रहेको थियाे। उक्त बैठकमा जनस्वास्थ्य सेवा कार्यालय, सुर्खेतका वरिष्ठ जनस्वास्थ्य अधिकृत श्री चेतननिधि वाग्लेज्यूबाट जिल्लाको कोभिड–१९ सम्वन्धी जिल्लाको आवधिक विवरण बैठकमा जानकारी भयो साथै हाल कोभिड–१९ को प्रकोप छिमेकी मुलक भारतमा थप क्रियाशील भई संक्रमितको दर बढ्दै गएको र मृत्युदरमा समेत वृद्धि भएको सन्दर्भमा खुला सिमानाको कारण सीमानाकाहरुबाट मानिसहरुको आवतजावत बढी भएको देखिएकोले स्वास्थ्य मन्त्रालयबाट मिति २०७७।१२।०८ मा समेत प्रेस विज्ञप्ती मार्फत आम नागरिकलाई सजग र सतर्क रही स्वास्थ्य मापदण्ड पालना गर्न गराउन समेत अनुरोध भएको हुँदा थप सावधानी अपनाउनको लागि निकट रहेको फागु पूर्णिमा (होली) को अवसरमा भिडभाड हुन नदिने, कोभिड–१९ संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले संचालनमा आएका क्वारेन्टिन, आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राखी स्वास्थ्य केन्द्रहरुबाट प्रदान गरिने सेवालाई अझ प्रभावकारी बनाउने, कोभिड–१९ संक्रमण थप फैलन नदिन विद्युतीय माध्यमबाट चेतनामुलक सन्देश प्रसारण गर्ने र स्वास्थ्य परीक्षण गराई संक्रमणको अवस्था पहिचान गर्ने, Sanitizer, Mask र Social Distance (SMS) मापदण्ड पालना गर्न कडाइ गर्ने, मास्क नलगाउनेहरुलाई संक्रामक रोग ऐन बमोजिम कारवाही गर्ने र सिमा नाकाहरुबाट आउने व्यक्तिहरुको अनिवार्य रुपमा अभिलेख राख्ने व्यवस्था मिलाउने जस्ता निर्णयहरु गरियो ।