2077-03-24
2077-03-24

मिति २०७७ आषाढ २४ गतेका दिन COVID-19 रोकथाम, नियन्त्रण तथा उपचार लगायतका कार्यहरु प्रभावकारी ढंगले छिटो, व्यवस्थित र सम्वन्यात्मक रुपमा गर्नको लागि प्रमुख जिल्ला अधिकारी श्री हिरालाल रेग्मीज्यूको अध्यक्षतामा जिल्लागत संरचना District COVID-19 Crisis Management Center को बैठक सम्पन्न भयाे । उक्त बैठकमा हाल विश्वभर माहामारीको रुपमा फैलिरहेको नोभेल कोरोना रोगबाट पर्न सक्ने सम्भावित जोखिम नियन्त्रण, रोकथाम तथा उपचार लगायतका कार्यको लागि यस जिल्लामा हालसम्म भए गरेका क्रियाकलापहरुको बारेमा समिक्षा गरिनुका साथै वरिष्ठ जनस्वास्थ्य अधिकृत श्री चेतननिधि वाग्लेबाट नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मिति २०७७।०२।२० मा स्वीकृति “कोभिड–१९ केसको आइसोलेसन व्यवस्थापन सम्वन्धी निर्देशिका” मा भएको अस्पताल र घरमा आइसोलेसन बस्ने सर्त तथा प्रावधान लगायत निर्देशिकामा भएका अन्य विभिन्न व्यवस्थाका बारेमा बैठकमा जानकारी गराउनु भयाे साथै उक्त व्यवस्थाको बारेमा स्थानीय संरचना LCCMC मार्फत सबै स्थानीय तहलाई जानकारी गराउने, जनस्वास्थ्य र सुरक्षा मापदण्ड कडाईपूर्वक पालना गर्ने गराउने, मास्कको प्रयोग अनिवार्य गराउने र अटेर गर्नेहरु उपर संक्रामक रोग ऐन, २०२० बमोजिम कडाई पूर्वक कारवाही गर्ने गराउने व्यवस्थालाई प्रभावकारी रुपमा लागु गर्ने जस्ता निर्णय भयाे ।