2077-03-09
2077-03-09
मिति २०७७ असार ९ गतेका दिन COVID-19 रोकथाम, नियन्त्रण तथा उपचार लगायतका कार्यहरु प्रभावकारी ढंगले छिटो, व्यवस्थित र सम्वन्यात्मक रुपमा गर्नको लागि प्रमुख जिल्ला अधिकारी श्री हिरालाल रेग्मीज्यूको अध्यक्षतामा जिल्लागत संरचना (District COVID-19 Crisis Management Centre) को बैठक सम्पन्न भयाे । उक्त बैठकमा हाल विश्वभर माहामारीको रुपमा फैलिरहेको नोभेल कोरोना रोगबाट पर्न सक्ने सम्भावित जोखिम नियन्त्रण, रोकथाम तथा उपचार लगायतका कार्यको लागि यस जिल्लामा हालसम्म भए गरेका क्रियाकलापहरुको बारेमा समिक्षा गरिनुका साथै नेपाल सरकारबाट स्वीकृत भई लागु भएको COVID-19 का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्वन्धी संक्षिप्त कार्यविधि (संशोधन सहित), २०७६ का व्यवस्थाका बारेमा वरिष्ठ जनस्वास्थ्य अधिकृत श्री चेतननिधि वाग्लेबाट बैठक समक्ष विस्तृत जानकारी गराउनु भयाे साथै COVID-19 का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्वन्धी संक्षिप्त कार्यविधि (संशोधन सहित), २०७६ अनुसार जनस्वास्थ्य सम्वन्धी सुरक्षा सतर्कता अपनाइ यस जिल्लामा शव व्यवस्थापनका लागि वीरेन्द्रनगर नगरपालिकाको वडा नं. २ स्थित गिरीघाट नजिक कर्णाली राजमार्गको दक्षिण तर्फ रहेको स्थानमा व्यवस्थापन गर्दै जाने र सो शव व्यवस्थापनमा प्रयोग गर्नको लागि सुर्खेत उद्योग बाणिज्य संघमा रहेको शववाहन उपलब्ध गराउने निर्णय भयाे ।