Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

District COVID-19 Crisis Management Center काे बैठक सम्पन्न

2077-03-08

2077-03-08


मिति २०७७ असार ८ गतेका दिन COVID-19 रोकथाम, नियन्त्रण तथा उपचार लगायतका कार्यहरु प्रभावकारी ढंगले छिटो, व्यवस्थित र सम्वन्यात्मक रुपमा गर्नको लागि प्रमुख जिल्ला अधिकारी श्री हिरालाल रेग्मीज्यूको अध्यक्षतामा जिल्लागत संरचना District COVID-19 Crisis Management Center काे बैठक सम्पन्न भयाे । उक्त बैठकमा हाल विश्वभर माहामारीको रुपमा फैलिरहेको नोभेल कोरोना रोगबाट पर्न सक्ने सम्भावित जोखिम नियन्त्रण, रोकथाम तथा उपचार लगायतका कार्यको लागि यस जिल्लामा हालसम्म भए गरेका क्रियाकलापहरुको बारेमा समिक्षा गर्नुकाे साथै नेपाल सरकार कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र, काठमाडौंको मिति २०७७।०३।०६ गतेको निर्णय कार्यान्वयन गर्ने सम्वन्धी पत्रमा उल्लेखित निर्णय एवं निर्देशनहरुलाई समेत ध्यान दिई यस जिल्लाको संक्रमणको अवस्थालाई आंकलन गरी निर्णयहरु कार्यान्वयन गर्दै जाने र गृह मन्त्रालयबाट प्राप्त बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्वन्धी सुरक्षा मापदण्ड, २०७७ मा व्यवस्था भए अनुसारका विभिन्न बुँदाहरुलाई जिल्लाको संक्रमण अवस्था अनुसार कार्यान्वयन गर्ने र यस जिल्लामा कोराना भाइरस रोग COVID-19 को संक्रमण बढ्दै गएता पनि बन्दाबन्दीको समय अवधि लम्बिदै गएको परिस्थितिले जनजीवनमा परेको असरलाई समेत मध्यनजर गरी नेपाल सरकारको मिति २०७७।०२।२८ को मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार गृह मन्त्रालयबाट प्राप्त निर्देशन र जिल्ला कोभिड–१९ संकट व्यस्थापन केन्द्र, सुर्खेतको मिति २०७७।०२।३० को निणर्य अनुसार दुई मिटरको सामाजिक दुरी कायम गर्दै मास्क प्रयोग गरी पटक पटक साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने लगायतका जनस्वास्थ्यका मापदण्ड र सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्ने गरी विभिन्न अत्यावश्यक सेवा तथा व्यवसायहरु संचालन गर्न दिइएकोमा सुरक्षा समवन्धी अनिवार्य शर्तहरु पालना नगरी पसल तथा व्यवसायहरु संचालन गरेको, जोर विजोर प्रणाली अनुसार सवारी साधन संचालन नगरेको जस्ता कारणबाट संक्रमणको उच्च जोखिम रहेको देखिएकोले सुरक्षा सतर्कता अनिवार्य रुपमा अपनाइ सेवा संचालन गर्नुहुन सबैमा अपिल गर्ने जस्ता निर्णयहरु भयाे । 

 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .