2077-04-20
2077-04-20
मिति २०७७ श्रावण २० गतेका दिन COVID-19 रोकथाम, नियन्त्रण तथा उपचार लगायतका कार्यहरु प्रभावकारी ढंगले छिटो, व्यवस्थित र सम्वन्यात्मक रुपमा गर्नको लागि प्रमुख जिल्ला अधिकारी श्री हिरालाल रेग्मीज्यूको अध्यक्षतामा जिल्लागत संरचना District COVID-19 Crisis Management Center (DCCMC) को बैठक सम्पन्न भयाे । उक्त बैठकबाट हाल विश्वभर माहामारीको रुपमा फैलिरहेको नोभेल कोरोना रोगबाट पर्न सक्ने सम्भावित जोखिम नियन्त्रण, रोकथाम तथा उपचार लगायतका कार्यको लागि यस जिल्लामा हालसम्म भए गरेका क्रियाकलापहरुको बारेमा समिक्षा गरिनुका साथै यस जिल्लामा कोभिड–१९ को संक्रमण दर नघटेको कारण जोखिम रहि रहेको हुँदा भारत लगायत अन्य मुलुकबाट आउने व्यक्तिहरुलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राख्नको लागि प्रत्येक पालिकाले कम्तीमा एक ओटा क्वारेन्टिन यथावत राख्ने साथै आउने व्यक्तिहरुको निगरानी बढाई व्यवस्थित अभिलेख राख्ने, कोभिड–१९ को सम्बन्धमा रोकथाम नियन्त्रण तथा संक्रमण हुन नदिनका लागि मिति २०७७।०४।२० गते देखि नै लागु हुने गरी मानिसहरु जमघट हुने गरी कुनै पनि सभा, गोष्ठी, सेमिनार, तालिम, जुलुस, जात्रा, महोत्सव र धार्मिक कार्यक्रमहरु अर्को निर्णय नहुँदा सम्मका लागि पूर्ण रुपमा रोक लगाउने जस्ता निर्णयहरु गरिए ।