Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

District COVID-19 Crisis Management Center (DCCMC) को बैठक सम्पन्न (२०७७।०४।२९)

2077-04-29

2077-04-29


मिति २०७७ श्रावण २९ गतेका दिन COVID-19 रोकथाम, नियन्त्रण तथा उपचार लगायतका कार्यहरु प्रभावकारी ढंगले छिटो, व्यवस्थित र सम्वन्यात्मक रुपमा गर्नको लागि प्रमुख जिल्ला अधिकारी श्री हिरालाल रेग्मीज्यूको अध्यक्षतामा जिल्लागत संरचना District COVID-19 Crisis Management Center (DCCMC) को बैठक सम्पन्न भयाे । उक्त बै‌ठकबाट पछिल्लो समयमा विशेषतः वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा संक्रमण तिव्र रुपमा संक्रमितको संख्या बढ्दै गएको पाइएको हुँदा हाललाई वीरेन्द्रनगर क्षेत्रभित्रका सबै वडाहरुमा मानिसहरुको आवतजावत गर्न, भेलाजम्मा हुन तथा अत्यावश्यक सेवाका सवारी साधनहरु बाहेक अन्य यातायातका साधनलाई समेत रोक लगाउने गरी उपयुक्त आदेश जारी गर्नको लागि जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने, नयाँ आर्थिक वर्ष २०७७/०७८ शुरुवात भए संगै सेवाग्राहीको बढी चाप हुने कार्यालयहरु (मालपोत, यातायात, कर, नापी, विद्युत, खानेपानी आदि) मा सेवाग्राहीको अत्याधिक भिड बढ्न गई संक्रमणको उच्च जोखिम हुने देखिएकाले उक्त कार्यालयहरुबाट प्रवाह हुने सेवा (आन्तरिक कार्य बाहेक) लाई हाललाई पूर्णरुपमा बन्द गर्ने, चाडपर्वको समय नजिकिदै गएको सन्दर्भलाई लिएर बजार क्षेत्रमा अत्याधिक भिडभाड बढेको पाइएकोले संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, व्यवसायहरु बन्द गर्ने र यस जिल्ला भित्र प्रवेश गर्ने नाकाहरु बबई, कालिमाटी काल्चे र कुइनेबाट भित्रिने व्यक्तिहरुको ३ दिन भित्रको PCR Test Negative आएको Report देखाएर मात्र प्रवेश गर्न दिने साथै सो को चेकजाँचको सहजीकरणको लागि जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने जस्ता निर्णयहरु भयाे । 

 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .