2076-06-08
2076-06-08

मिति २०७६ आश्विन ७ गते जिल्ला प्रशासन कार्यालय, सुर्खेतको नेतृत्व तथा गुणस्तर तथा नापतौल कार्यालय, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका र इलाका प्रहरी कार्यालय, छिन्चुको समन्वयमा सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका स्थित छिन्चु बजार र गुर्भाकोट नगरपालिका स्थित मेहेलकुना र बोटेचौर बजारमा नापतौल सम्वन्धी सामग्रीहरुको अनुगमन गरियो । उक्त अनुगमनको क्रममा मापडण्ड नपुगेको, खिया लागेका, दर्ता तथा नविकरण नगरिएका ब्यालेन्स नमिलेका, डोरीले बाधेका तराजुहरु नियन्त्रणमा लिइएको जसमा इलेक्ट्रोनिक व्यालेन्स १७ थान, काउण्टर तराजु ६ थान, डोरी तराजु १२ थान, इण्डियन ढक ९ वटा र ढकहरु ३४ वटा रहेको पाइयो ।

