2076-02-27
2076-02-27
तस्बिर : उत्तम शर्मा
नेपाल नागरिकता ऐन, २०६३ को दफा २२ र नागरिकता प्रमाणपत्र वितरण टोलीको कार्य संचालन निर्देशिका, २०७० बमोजिम नागरिकता प्रमाणपत्र वितरण कार्यलाई सरल र सहज बनाउन तथा जिल्लाको दुर्गम क्षेत्रका नागरिकलाई नजिकबाट सेवा प्रवाह गर्न जिल्ला प्रशासन कार्यालय, सुर्खेतले आवश्यक देखि मिति २०७६ जेष्ठ २१ र २२ गते चिङ्गाड गाउँपालिकासंगको समन्वयमा नागरिकता वितरण टोली खटिएको थियो ।

जेष्ठ २१ गते प्रमुख जिल्ला अधिकारी श्री फणिन्द्र मणि पोखरेलज्यूको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रमको शुरुवात भएको थियो भने गाउँपालिकाका अध्यक्ष श्री देव बहादुर चन्दले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो । कार्यक्रममा नेपाली सेनाका प्रमुख सेनानी, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी बल नेपालको प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय, सुर्खेतका अनुसन्धान अधिकृत, चिङ्गाड गाउँपालिकाका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।
चिङ्गाड गाउँपालिकामा संचालित २ दिने घुम्ती सेवा शिविरबाट वितरण गरिएको सेवाहरुको विवरण
जिल्ला प्रशासन कार्यालय, सुर्खेतको समन्वय तथा चिङ्गाड गाउँपालिकाको आयोजानामा संचालित २ दिने घुम्ती सेवा शिविरमा देहायका सेवा मार्फत कुल ७१५ सेवाग्राहीहरुलाई निशुल्क सेवा प्रदान गरिएको थियो ।
| क्र.स. | घुम्ती सेवा शिविरमा प्रदान गरिएकाे सेवाहरु | महिला | पुरुष | जम्मा |
| १ | नेपाली नागरिकता प्रमाणपत्रहरु | २३२ | २६३ | ३९५ |
| २ | फाेटाे सहितकाे नामावली सङ्कलन | १४४ | १२९ | २७३ |
| ३ | अपाङ्ग नागरिक परिचय पत्र वितरण | - | - | ४७ |
| जम्मा | ३७६ | २९२ | ७१५ |