Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

चौकुने गाउँपालिकामा २ दिने एकीकृत घुम्ती सेवा शिविर संचालन

2075-09-13

2075-09-13


program.jpg तस्बिर : उत्तम शर्मा

 जिल्लाको दुर्गम क्षेत्रका नागरिकलाई नजिकबाट सेवा प्रवाह गर्न जिल्ला प्रशासन कार्यालय, सुर्खेले मिति २०७५ पाैष ९ र १० गते चाैकुने गाउँपालिकाको आयाेजनामा चाैकुने गाउँपालिका स्थित गुटुमा २ दिने एकीकृत घुम्ती सेवा शिविर संचालन गरेको थियो । उक्त शिविरको पहिलो दिन पाैष ९ गते प्रमुख जिल्ला अधिकारी श्री वीरेन्द्र कुमार यादवज्यूको प्रमुख आतिथ्यता र चाैकुने गाउँपालिकाका अध्यक्ष श्री धिर बहादुर शाही ज्यूको अध्यक्षतामा उक्त कार्यक्रम शुरु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय अधिकारी , नेपाली सेनाका प्रमुख सेनानी, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, चाैकुने गाउँपालिकाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो भने उत्तर पश्चिम पृतना हेड क्वाटरका पृतनापति श्री कर्मेन्द्र विक्रम लिम्बुज्यूबाट समेत उक्त शिविरको अवलोकन गर्नु भएको थियो ।औपचारिक कार्यक्रम पश्चात चाैकुने गाउँपालिकाको आयोजनामा नागरिक सुनुवाइ  कार्यक्रम समेत रहेकाे थियो । 
जिल्ला प्रशासन कार्यालय सुर्खेतको समन्वय, चौकुने गाउँपालिकाको आयोजना र नेपाली सेनाको विशेष सक्रियतामा संचालित २ दिन सम्म संचालित उक्त एकीकृत घुम्ती शिविरबाट १९९ जनाले नयाँ नेपाली नागरिकता प्रमाणपत्र पत्र प्राप्त गरेको थिए । साथै सो शिविरबाट २५९ जनाको फोटो सहितको मतदाता नामावली संकलन, नयाँ सबुज गण कपासे व्यारेकद्वारा संचालित आधारभूत स्वास्थ्य शिविरबाट ४३४ जनाले निशुल्क स्वास्थ्य जाँच तथा उपचार सेवा, ३७० घरधुरीले कृषि सेवा, ३४५१ वटा पशुहरुको उपचार सेवा प्रदान गरिएकाे थियाे । उक्त २ दिने शिविरमा २७ जनाले रक्तदान गर्नुभएको थियो भने नेपाली सेनाद्वारा संचालित बारुदिय सुरक्षा (IER) र विपद सुरक्षा सम्वन्धि जनचेतनामूलक कार्यक्रम स‌ंचालन गरिएकाे थियाे जसमा ४०० जनाको सहभागिता रहेको थियो । साथै नेपाल प्रहरीद्वारा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लै‌ंगिक हिंसा र लागुऔषध दुव्र्यसनी विरुद्धकाे कार्यक्रममा १०० जनाको उपस्थिति रहेको थियो । 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .