Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

चाैकुने गाउँपालिकाको गुटु र बिजाैरा बजारको अनुगमन (२०७८।०३।१६)

2078-03-16

2078-03-16


जिल्ला प्रशासन कार्यालय, सुर्खेत र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतको अगुवाइ तथा चाैकुने गाउँपालिका सुर्खेतको समन्वयमा सयुक्त बजार अनुगमन टोलीबाट मिति २०७८।०३।१५ गते चाैकुने गाउँपालिकाकाे गुटु र बिजाैरा बजारमा रहेका विभिन्न खाद्य तथा किराना पसलहरुको अनुगमन गरियो । उक्त अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, सुर्खेतका प्रशासकीय अधिकृत पदमलाल लामिछाने, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका कार्यालय प्रमुख भेष बहादुर थापा, उपभाेक्ता अधिकार मञ्च सुर्खेत, चाैकुने गाउँपालिका, इलाका प्रहरी कार्यालय गुटुका प्रतिनिधिहरु समेतको टोलीबाट बजार अनुगमनको कार्य सम्पन्न गरिएको थियो । बजार अनुगमनका क्रममा वस्तुको लेवल हेरेर मात्र खरिद विक्री गर्ने, मूल्यमा एकरुपता ल्याउने, मूल्यसूची राख्ने, बिल लिने दिने व्यवस्था गर्ने, म्याद नाघेका सामाग्री भएमा छुट्टै राखी नष्ट गर्ने, दर्ता नभएका पसलहरु अविलम्व दर्ता गर्ने, पसलहरुले सरसफाइमा विशेष ध्यान दिने जस्ता सुझाव दिइएको थियो । बजार अनुगमनको क्रममा म्याद नाघेका विभिन्न खाद्यसामाग्रीहरु (भुजा, मैदा, सुजी, सब्जी मसला, दालमाेट, मटर आदि) बरामद गरी अनुगमन टाेलीका सदस्यहरुको उपस्थितिमा चाैकुने गाउँपालिकामा जलाई नष्ट गरियो ।

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .