Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

बजार अनुगमनको क्रममा म्याद नाघेका खाद्यवस्तु बरामद (२०७८।०३।०६)

2078-03-06

2078-03-06


विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोभिड–१९ को नयाँ भेरियन्ट सहितको संक्रमणको जोखिम नियन्त्रण, रोकथाम र उपचारको लागि सुर्खेत जिल्ला भरी लागु हुने गरी मिति २०७८ साल बैशाख १५ गते राती १२:०० बजेदेखि मिति २०७८ साल अषाढ १० गते राती १२:०० बजेसम्म पांचौ पटकको निशेषाज्ञाको अवधिमा वीरेन्द्रनगर बजार क्षेत्रमा रहेका पसलहरुबाट म्याद नाघेको खाद्य सामाग्रीहरु बिक्री गरी राखेको भनि गुनासो प्राप्त भएको हुँदा मिति २०७८ साल अषाढ ६ गते जिल्ला प्रशासन कार्यालय, सुर्खेतका प्रशासकिय अधिकृत  राम बहादुर बुढा, सुर्खेत उद्योग बाणिज्य संघका महासचिव लक्ष्मण कंडेल, विरेन्द्रनगर नगरपालिकाको कार्यालय प्रतिनिधी ना.सु. खगेन्द्र आचार्य, नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक, संचारकर्मीहरु एवं सुरक्षाकर्मीहरुबाट संयुक्त बजार अनुगमन गर्दा ५० के.जी.को मैदा ८ बोरा, २० के.जी. को मैदा १३ बोरा, ५ के.जी. को आटा १ बोरा, पापट पानीपुरी बनाउने प्याकेट २ थान र २० के.जी.को सुजी  एक बोरा बरामत गरी नष्ट गरिएको । उक्त पसलहरुलाइ पुन: म्याद नाघेको समान भेट्टिएको खण्डमा कार्वाही हुने निर्देशन दिनुका साथै स्वास्थ्य मापदण्ड पालना गरी पसल संचालन गर्न समेत सुझाव दिइयो ।

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .