2076-12-21
2076-12-21
मिति २०७६।१२।२१ गते जिल्ला प्रशासन कार्यालय सुर्खेतले सुर्खेत जिल्लाको वीरेन्द्रनगर बजार क्षेत्रमा अनुगमन भयाे । अनुगमनको क्रममा ग्यास डिलर र आयल स्टोर्सहरु सबै खुला रहेको र मौज्दात पनि पर्याप्त मात्रामा रहेको पाइयो । वीरेन्द्रनगर बजार क्षेत्रमा रहेका अधिकांश बैंकहरु बन्द रहेको हुँदा नेपाल राष्ट्र बैकको प्रदेश स्तरीय कार्यालय मार्फत सबै बैंकहरु सुचारु गर्न निर्देशन दिइयो । बजार क्षेत्रका अधिकांश खाद्यान्न पसलहरु बन्द रहेको पाइएको हुँदा उक्त पसलहरु खोल्न सुर्खेत उद्योग बाणिज्य संघ मार्फत निर्देशन दिइयो ।