2078-02-04
2078-02-04
आज मिति २०७८।०२।०४ गते प्रमुख जिल्ला अधिकारी श्री छविलाल रिजालज्यूको अध्यक्षतामा जिल्ला स्थित सम्पूर्ण कार्यालयका प्रमुखहरुसंग भर्चुअल माध्यमबाट नियमित बैठक सम्पन्न भयो । उक्त बैठकमा हालको कोभिड–१९ को महामारीको अवस्थाको बारेमा समिक्षा गरियो । हाल जारी भएको निषेधाज्ञालाई पूर्ण रुपमा कार्यान्वयन गरी तिव्र रुपमा बढ्दो संक्रमण दरलाई न्यूनीकरण गर्न सबैले आ–आफ्नो तर्फबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न प्रमुख जिल्ला अधिकारीज्यूबाट निर्देशन दिनुभयो । साथै जिल्ला स्थित स्थानीय तहहरुका प्रमुख प्रशासकीय अधिकृतहरुसंग हालको अद्यावधिक वस्तुस्थितिको बारेमा छलफल भयो । कोभिड–१९ को महामारीको जालो तोड्न स्थानीय तहका सबै संयन्त्रहरुलाई सक्रिय रुपमा परिचालन गर्ने, नियमित समन्वय र सम्पर्कमा रही प्रभावकारी भूमिका निर्वाह गर्ने जस्ता विषयहरुमा छलफल गरियो ।

