2078-12-30
2078-12-30
तस्बिर :
मिति २०७८/१२/२९ गते सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष श्री खगेन्द्रप्रसाद रिजालज्यूको अध्यक्षतामा नेपाली सेना, नयाँ सबुज गण, कपासे ब्यारेकको अगुवाईमा वीरेन्द्रनगर नगरपालिकाको खुला मञ्चमा आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न भयो। उक्त घटना अभ्यासमा सशस्त्र प्रहरी बलबाट घरायसी भान्सामा प्रयोग हुने ग्याँस सिलिन्डर चुहावटबाट हुन सक्ने आगलागी र सोको नियन्त्रणका उपाय, नेपाली सेनाबाट गाउँ बस्तीमा विद्युत सर्किटबाट हुनसक्ने आगलागीका कारण हुने मानवीय क्षति, पशुचौपाया लगायत धनजनको क्षतिलाई कम गर्न र आगलागी नियन्त्रण, घाइतेको उपचार लगायत विविध विषयमा कला कौशल प्रर्दशन गरी कृत्रिम घटना अभ्यासका साथै विपद् सामग्रीहरुको समेत प्रर्दशन गरिएको थियो।
उक्त घटना अभ्यास कार्यक्रममा लेकबेशी नगरपालिकाका नगर प्रमुख/उप प्रमुख, नेपाल रेडक्रस सोसाइटी, सुरक्षा निकायका प्रमुखहरु लगायत जिल्ला विपद् व्यवस्थापन समितिका विभिन्न सदस्यज्यूहरुको उपस्थिति रहेकोमा लेकबेशी नगरपालिका नगर प्रमुख श्री गगनसिंह सुनारबाट स्थानीय स्तरमा समेत जनचेतना जगाउन यस्ता घटना अभ्यासले महत्वपूर्ण भूमिका खेल्ने हुँदा स्थानीय विपद् व्यवस्थापन समितिबाट समेत प्रचार प्रसार गरी यस्ता घटना अभ्यास गर्नुपर्ने भनी महत्वपूर्ण सुझाव राख्नु भएको थियो भने प्रमुख जिल्ला अधिकारी श्री खगेन्द्रप्रसाद रिजालबाट विपद्को समयमा आइपर्ने घटनालाई व्यवस्थापन गर्नको लागि कृत्रिम घटना अभ्यासले समन्वय र सहकार्यमा विपद् प्रतिकार्य गर्न सहज हुने हुँदा यस कार्यक्रममा सहभागी हुने सबै पक्षलाई धन्यवाद दिदै कार्यक्रम सम्पन्न गरिएको थियो।