2078-03-25
2078-03-25
सुर्खेत जिल्ला सिम्ता गाउँपालिका वडा नं. २ को प्रगतीसिल सामुदायिक वनमा मिति २०७७।१२।१३ गते आगलागी हुँदा उक्त आगो निभाउने क्रममा सिम्ता गाउँपलिका वडा नं. २ बस्ने चन्द्रकला सिंह र नयना गुरुङ (खत्री) घाइते भई उपचारको क्रममा दुवै जनाको मृत्यु भएको हुँदा मृतकका परिवारलाई नेपाल सरकारको राहत वितरण मापदण्ड निर्देशिका बमोजिम प्रति परिवार रु २,००,०००।– को चेक जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा मिति २०७८।०३।२५ गते प्रमुख जिल्ला अधिकारी श्री छविलाल रिजालज्यूबाट हस्तान्तरण गरियो ।
