2078-09-06
2078-09-06
तस्बिर :
मिति २०७८ साल पौष ५ गतेका दिन सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवाज्यूको अध्यक्षतामा कोभिड–१९ विशेष खोप अभियान सम्बन्धि माननीय संचार तथा सूचना प्रविधि मन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्की, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, अर्थ मन्त्री माननीय जर्नादन शर्मा (प्रभाकर), स्वास्थ्य मन्त्री माननीय श्री विरोध खतिवडा, गृह मन्त्री माननीय बालकृष्ण खाण एवं माननीय प्रदेश मुख्यमन्त्रीज्यूहरु र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग भर्चुअल बैठक (Zoom Meeting) सम्पन्न भयो साथै यस कार्यालयबाट निमित्त प्रमुख जिल्ला अधिकारी श्री राम बहादुर बुढा सहभागि हुनु भएको थियो । उक्त बैठकमा देशव्यापी रुपमा आक्रान्त पारेको कोभिड–१९ बाट विभिन्न चरण पार गरी हाल न्यून अवस्थामा कोरोना संक्रमित रहेको, सात वटै प्रदेशमा स्वास्थ्य सम्बन्धी अवस्था सन्तोषजनक रहेको, अझै सबै निकायहरुबाट विशेष साथ सहयोग र प्रतिबद्दताको खाचो रहेको सम्माननीय प्रधानमन्त्रीज्यूबाट निर्देशन भयो । साथै २०७८ साल चैत्र महिनासम्म ‘‘सबैलाई खोप पुर्याउने ’’ भन्ने लक्ष्यलाई अभियानको रुपमा पुरा गर्न समेत निर्देशन भयो ।