जिल्लाकाे परिचय
2075-07-26
2075-07-26
तस्बिर :
.jpg)
सुर्खेत जिल्ला कर्णाली प्रदेशको राजधानी तथा सबैभन्दा सुगम जिल्लाको रुपमा रहेको छ। यो जिल्ला नेपालको राजधानी काठमाडौैं देखी करिव ६०० कि.मि. पश्चिममा रहेको छ। चुरे र महाभारत श्रृंखलाको बिचमा अवस्थित कमजोर धरातल भएको भू–भागले बनेको पहाडी जिल्ला हो । यसको भौगालिक अवस्थिति २८०२०’’ – २८०५८’’ उत्तरी अक्षांश र ८००५९’’–८२००२’’ पूर्वी देशान्तरभित्र रहेको छ । समुन्द्र सतहबाट १९८ मी. देखि २३६७ मी. सम्मको उचाईमा रहेको यस जिल्लाको क्षेत्रफल २४५१ वर्ग कि.मी. रहेको छ जसमा जिल्लाको सबैभन्दा अग्लो स्थान चिङ्गाड गाउँपालिका वडा नं. ४ स्थित रहेको गुराँसे लेक (समुद्रि सतहबाट २३६७ मिटर) रहेको छ र पञ्चपुरी नगरपालिका १० स्थित तातापानी (समुन्द्रि सतह देखी १९८ मिटर) सबैभन्दा होचो स्थानको रुपमा रहेको छ। यस जिल्लाको पुर्वमा सल्यान र जाजरकोट, पश्चिममा कैलाली, डोटी र अछाम, उत्तरमा दैलेख, दक्षिणमा बाँके र बर्दिया जिल्लाहरु पर्दछन । वि.सं.२०७८ सालको जनगणना अनुसार जिल्लाको कुल जनसंख्या ४,१५,१२६ रहेको छ जसमध्ये पुरुष १,९९,७४० तथा महिला २,१५,३८६ रहेका छन् । यस जिल्लामा रहेको सहरी क्षेत्रको क्षेत्रफल ३४ बर्ग कि.मि. छ भने ग्रामिण क्षेत्रको क्षेत्रफल २४१७ बर्ग कि.मि. रहेको छ । यस जिल्लालाई प्रतिनिधि सभा सदस्यका लागि २ वटा निर्वाचन क्षेत्र र प्रदेश सभा सदस्य निर्वाचनका लागि ४ वटा क्षेत्रमा विभाजन गरिएको छ । जिल्लामा ५ नगरपालिका तथा ४ गाँउपालिका रहेका छन् । यस जिल्लामा मुख्य गरी ब्राहृमण, क्षेत्री, मगर तथा दलित जातिहरु बसोवास गर्दछन् ।
जिल्लामा रहेका जातिगत विवरण तपसिल बमोजिम रहेको छ।
| क्र.सं. | जातजाती | जनसंख्या | प्रतिशत (%) |
| १ | क्षेत्री | १३१७८६ | ३१.७५ |
| २ | विश्वर्मा | ७५२२९ | १८.१२ |
| ३ | मगर | ७१६९६ | १७.२७ |
| ४ | ब्राहमण (पहाडी) | ५०७३६ | ११.२२ |
| ५ | ठकुरी | २६७८८ | ६.४५ |
| ६ | परियार | १७८४६ | ४.३० |
| ७ | मिजार | ९२६० | २.२३ |
| ८ | थारु | ७८८३ | १.९० |
| ९ | गुरुङ्ग | ५३९७ | १.३० |
| १० | सन्यासी/दस्नामी | ४८२७ | १.१६ |
| ११ | अन्य | १३६८३ | ३.३० |
| कुल जम्मा | ४१५१२६ | १००.०० | |
.png)
