Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Surkhet

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Surkhet

Monday, Shravan 11, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न

2079-03-27 2079-03-27

१(2).jpg Images :

मिति २०७९ असार २७ गते सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालज्यूको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भयो। उक्त बैठकमा जिल्ला समन्वय प्रमुख, जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य कार्यालय/संघ/संस्थाहरु, विषयगत क्षेत्रसँग सम्बन्धित कार्यालयका प्रमुख, पत्रकार लगायत सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागता रहेको थियो। उक्त बैठकबाट यस जिल्लामा पछिल्लो समय घटेका घटनाको सम्बन्धमा बैठकमा छलफल तथा समीक्षा गरियो। जस अनुसार मिति २०७९/०३/१५ गते वीरेन्द्रनगर बजारक्षेत्रमा बर्षाका कारण भएको डुबान तथा २०७९/०३/१८ गते पहिरो गई रत्न राजमार्गको हर्रे खण्डमा भएको सडक अवरुद्ध भएकोमा सबै सुरक्षा निकाय तथा सरोकारवाला निकायबीचको आपसी समन्वयमा तत्काल स्रोत साधन परिचालन गरी खुलाउने लगायतका कार्यका बारेमा छलफल भयो।मिति २०७९/०३/२१ गते पञ्चपुरी नगरपालिका वडा नं. ७ को डोरीखोला भन्ने ठाउँमा सुख्खा पहिरो खसी भएको दुर्घटनाका घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरिएको र १ जनाको दुखद निधन भएकोमा निज मृतकप्रति हार्दिक श्रद्धान्जली र निजको परिवारप्रति समवेदना व्यक्त गर्ने साथै उक्त घटनामा परी घाइते भएका व्यक्तिको शिघ्र स्वास्थ्यलाभको कामना गर्ने, गृह मन्त्रालय (विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा), सिंहदरबार, काठमाडौंको च.नं. ३०६, मिति २०७९/०२/०५ को निर्देशन सम्बन्धी पत्र बैठकमा जानकारी भयो। सो अनुसार सबै सरोकारवाला निकायले मनसूनजन्य विपद्को लागि पूर्णतया तयारी अवस्थामा रहने, यस बर्षको बर्षायाम शुरु भइसकेकोले सोको पूर्वतयारीका लागि निर्माण गरिएको मनसून पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७९ लाई प्राप्त सुझाव सहित अनुमोदन गर्ने, वर्षातको समयमा राजमार्ग अवरुद्ध हुन सक्ने हुँदा सवारी सञ्चालनमा नियमितता ल्याउन डिभिजन सडक कार्यालय, सुर्खेतले राजमार्गका विभिन्न स्थानमा डोजर, लोडर, स्काभेटरजस्ता भारी यन्त्र उपकरण परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राख्ने र चालकको नाम, सम्पर्क नं. समेत जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउने। साथै, सबै स्थानीय तहहरुलाई समेत सोही अनुसार तयारी अवस्थामा रहन जानकारी गराउने, यस बर्षको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना (DPRP) दशौं अद्यावधिक गर्ने क्रममा विभिन्न विषयगत क्षेत्रका अगुवा कार्यालयले सहयोगी निकायसँग छलफल गरी अन्तिम रुप दिन पेश भएको अद्यावधिक योजनालाई सुझाव सहित अन्तिम रुप दिइयो। साथै, उक्त योजना छपाई कार्य गरी प्रकाशन गर्ने प्रतिबद्धता लिने गैर सरकारी संस्था सुन्दर नेपाल संस्था, सुर्खेत (भकारी परियोजना) लाई धन्यवाद दिने, डिभिजन वन कार्यालय, सुर्खेतको च.नं. १५५१, मिति २०७८/१२/०९ को हटाउनु पर्ने रुखहरुको लगत पठाइएको बारेको पत्र बैठकमा पेश भई छलफल भयो। सो अनुसार रत्न राजमार्गको ९९+९०० ठुलो बिउरेनी पुन नजिक रहेको जिर्ण रुखहरु हटाउने सम्बन्धमा साल जातको ५ वटा र असना जातको २ वटा गरी जम्मा ७ वटा रुखहरु हटाई सुरक्षा दुर्घटना हुनबाट रोकथाम गर्नुपर्ने भएकोले उक्त रुखहरु नियमानुसारको प्रक्रिया पुरा गरी हटाउन डिभिजन वन कार्यालय, सुर्खेतलाई अनुरोध गर्ने, मिति २०७८/०८/१५ गते देखि २०७९/०३/२६ सम्म विपद्को घटनाबाट भौतिक संरचनाको क्षति भई पीडित भएको निम्नानुसारका जम्मा ६७ जना विपद् पीडित व्यक्तिहरुलाई दिइएको तत्काल राहत रकम जम्मा रु. २,८४,५००।- र विपद्को घटनामा परी मृत्यु भएको व्यक्तिका परिवारलाई दिइएको मृतक विपद् राहत रकम रु. २,००,०००।- को खर्च अनुमोदन गर्ने जस्ता निर्णयहरु भयो। साथै मिति २०७९ जेठ २९ गते भेरीगंगा नगरपालिका वडा नं. ११ र लेकबेशी नगरपालिका वडा नं. १ को भेरी नदि किनारको चिप्ले (भेरी बबइ डाइभर्सन क्षेत्र) मा मनसूनजन्य कृत्रिम घटना अभ्यास कार्यक्रम मनसून २ सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा सुरक्षा निकाय लगायत विषयगत क्षेत्रका अगुवा कार्यालय तथा संघसंस्थालाई प्रशंसा पत्र प्रदान गरिएको थियो।

Last Updated : 2083-04-07 14:09:02

© All Rights Reserved to District Administration Office, Surkhet