Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Surkhet

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Surkhet

Monday, Shravan 11, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

सर्वदलिय बैठक सम्पन्न (मिति २०७९/०७/२५)

2079-07-25 2079-07-25

1668164997780.jpg Images :

मिति २०७९ कार्तिक २५ गते प्रमुख जिल्ला अधिकारी श्री खगेन्द्रप्रसाद रिजालज्यूको अध्यक्षतामा सुर्खेत जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख/उम्मेदवार/प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु समेतको उपस्थितिमा आगामी २०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित तथा मर्यादित रुपमा सम्पन्न गर्नको लागि जारी भएको निर्वाचन आचारसंहिता, २०७९ को यस जिल्लामा भएको कार्यान्वयनको अवस्था र पालना गर्नुपर्ने थप विषयमा बैठकमा छलफल भयो। मतदान हुने दिन नजिकै आइरहेको हुँदा प्रचारप्रसारलाई मित्रवत र मर्यादित बनाई सच्याउनु पर्ने थप विषयहरुमा सबै राजनीतिक दलहरु गम्भिर भई आचारसंहिता विपरितका कुनै निर्माण कार्य तथा कार्यक्रम नगर्ने, आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को सन्दर्भमा यस जिल्लामा समेत मिति २०७९/०७/१७ गतेदेखि निर्वाचन प्रचारप्रसारको क्रम तीब्र रुपमा अगाडि बढेकोले निर्वाचनलाई मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नको लागि यही मिति २०७९ साल कात्तिक २५ गतेदेखि नै लागू हुने गरी निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्यलाई पूर्ण रुपमा रोक लगाउने र यस निर्णयको कार्यान्वयनमा सहयोग गर्न जिल्लास्थित सबै राजनीतिक दल, उद्योगी, व्यवसायी, व्यापारी, आम सञ्चार माध्यम, सर्वसाधारण लगायत सबैमा अनुरोध गर्ने, निर्वाचनको मतपरिणाम घोषणा नभएसम्म यस जिल्लामा मेला, पर्व, जात्रा, महोत्सव, खेलकूद र अन्य मनोरञ्जनसम्बन्धी क्रियाकलापहरु सञ्चालन गर्न रोक लगाउनुका साथै, मिति २०७९/०८/0४ गते मतदान कार्य शुरु हुनु २४ घण्टा अगाडिदेखि ग्याँस सिलिण्डर, पाइप, सकेट, प्रेसर कुकरजस्ता विस्फोटनमा प्रयोग हुनसक्ने सामग्रीहरुको ओसारपसार तथा बिक्रीवितरण नगर्न उद्योगी, व्यवसायी, व्यापारी तथा आम सर्वसाधारणमा अनुरोध गर्ने जस्ता निर्णयहरु भयो।

Last Updated : 2083-04-07 14:09:02

© All Rights Reserved to District Administration Office, Surkhet