Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

वीरेन्द्रनगर-७, सुर्खेत

Visit Nepal 2020 - Ministry of Home Affairs

राष्ट्रिय परिचयपत्र सम्वन्धी अन्र्तक्रिया कार्यशाला गोष्ठी सम्पन्न

7 महिना अगाडी

2075-09-23


1.jpg तस्बिर : उत्तम शर्मा

गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग काठमाडौंको आयोजनामा मिति २०७५ पौष २३ गते सुर्खेत जिल्ला स्थित जिल्ला समन्वय समिति सुर्खेतको सभाहलमा राष्ट्रिय परिचयपत्र सम्वन्धी अन्र्तक्रिया कार्याशाला गोष्ठी संचालन भयो । कर्णाली प्रदेशका प्रमुख सचिव एवं क्षेत्रीय प्रशासक श्री राम प्रसाद थपालियाज्यूको अध्यक्षता र आन्तरिक मामिला तथा कानून मन्त्रालय, कर्णाली प्रदेशका मन्त्री माननीय नरेश भण्डारी ज्यूको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम संचालन भएको थियो र जिल्ला प्रशासन कार्यालय, सुर्खेतका प्रमुख जिल्ला अधिकारी श्री वीरेन्द्र कुमर यादव ज्यूले उपस्थिति सम्पूर्ण अतिथि तथा सहभागीहरु माझ स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक श्री दिपक काफ्ले ज्यूले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा यस आ.व.मा झापा, संखुवासभा, सप्तरी, महोत्तरी, ललितपुर, रसुवा, चितवन, स्याङ्जा, तनहुँ, कपिलवस्तु, गुल्मी, सल्यान, जुम्ला, अछाम र कञ्चनपुर गरी जम्मा १५ जिल्लाका १५६ स्थानीय तह, १४०२ वडा मा लागु भई ३५२३६९८ जना लाभिन्वित हुने कुरामा जोड दिनुभयो । राष्ट्रिय परिचयको प्रयोगबाट कर, राजश्व छली लगायतका आर्थिक अनियमितता नियन्त्रण, वैदेशिक रोजागरको क्षेत्रलाई समेत सुशासित तुल्यान मद्दत पुग्ने, भूमि व्यवस्थापनका क्षेत्रमा हुने अनियमितता र अनधिकृत कारोवार नियन्त्रणमा मद्दत पुग्ने, विद्युत, टेलिफोन, खानेपानी जस्ता नागरिकले प्रयोग गर्ने दैनिक उपभोग्य सेवाको भुक्तानी सहज एवम् छिटो छरितो हुने, विपद एवम् आपतकालिन घटनाको व्यवस्थापन, जोखिम नियन्त्रण, प्रतिकार्य संचालन एवम् राहत वितरणका लागि उपयोग हुने, सबै नागरिकका पञ्जीकरण लगायत वैयक्तिक तथा जैविक विवरणहरुको सुरक्षित तथ्याङ्क भण्डार स्थापना हुने, जनगणनाका लागि समेत उपयोग गरी सबै नागरिकको तथ्याङ्क प्राप्त गर्न सहज हुने, शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण र अपराधीको पहिचान गर्नमा समेत उपयोगी हुने कुरा बताउनुभयो । 

उत्तम शर्मा